टिकापुर, ७-भाद्र / डिजाइजीबाट गोली हान्ने आदेश नपाउँदा टीकापुरमा बढी क्षती भएको एक सशस्त्र जवानले बताएका छन् । अन्तिम समयमा पनि डिजाइजी खडानन्द चौधरीले गोली हान्ने आदेश नदिदाँ अपुरणीय क्षती बेहोर्नु परेको उनले बताए ।
समयमै गोली हान्ने आदेश नपाउँदा प्रहरी तथा सशस्त्र प्रहरीको मृत्यु हुन पुगेको सो क्रममा खटिएका सशस्त्र प्रहरी जवानले जानकारी दिए ।उनका अनुसार डिआइजी ‘चौधरी’ भएकै कारण गोली हान्ने आदेश नदिएकोसमेत प्रतिक्रिया दिए ।
कानुनसम्मत गोली हान्ने आदेश प्रमुख जिल्ला अधिकारीले दिनुपर्छ । तर प्रहरी तथा सशस्त्रले संयमता अपनाउँदा अपनाउँदै आन्दोलनकारीले हतियार प्रयोग गरेर प्रहरी तथा सशस्त्रको हत्या गरेका हुन् । ती सशस्त्र जवानका अनुसार ४५ जना सशस्त्र सम्पर्क बाहिर रहेका छन् भने अधिकांश सशस्त्रहरु समय र परिस्थितीको आंकलन नगरी संयमता अपनाउन खोजेकोमा चौधरीप्रति असन्तुष्ट भएका छन् ।
यसै विषयमा सशस्त्र प्रहरी बलका प्रवक्ता पुष्पराम केसीले बल प्रयोग नगरी संयमता अपनाएका कारण नै ठूलो क्षती बेहोर्नुपरेको बताए । हरेकपल डटकमसँग कुरा गर्दै प्रवक्ता केसीले गोली हान्ने आदेश प्रमुख जिल्ला अधिकारीले दिनुपर्ने भएपनि आत्मारक्षाका लागि गोली चलाउन सक्ने बताए ।
‘कानुन अनुसार सिडियोले गोली हान्ने आदेश दिनुपर्ने हो तर त्यस्तो अवस्थामा आत्मरक्षाका लागि गोली चलाउन सकिन्थ्यो’ उनले भने । ‘विवेक प्रयोग गरेर पनि गोली चलाउन पाइन्छ तर हदैसम्मको संयमता अपनाएको देखियो’ उनले भने ।
आदेश आउनु अघि नै आन्दोलनकारीले प्रहरी र सशस्त्रलाई निशाना बनाएका कारण २ जना सशस्त्र र अरु प्रहरीको मृत्यु हुन पुगेको उनले बताए । अहिले व्यापक प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रवक्ता केसीका अनुसार सो क्षेत्रमा दंगा क्षेत्र घोषणा भइसकेको छ ।
No comments:
Post a Comment