Thursday, August 20, 2015

अब गुन्डाराज चल्नेवाला छैन

काठमाण्डु, ४ भदौं– गुन्डानाइके कुमार घैंटेले प्रहरीले इनकाउन्टरमा मारेपछि महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले अन्य गुन्डाहरुलाई पनि बाँकी नराख्ने संकेत गरेका छन् । उनले भने, ‘अब गुन्डाराज चल्नेवाला छैन । हाम्रो लक्षय फ्रि अफ फियर सोसाइटी बनाउने हो । गुन्डाहरुबाट कसैले दुःख दिएका छन् भने गोप्य रुपमा सूचना दिनुहोला, गोप्यता कायम राखेर हामी कारबाही गर्छौं ।’ खनालले गुन्डा र प्रहरीबीचको दाहोहोर भिडन्तमा घैंटे मारिएपछि विरोध गर्नेहरुलाई पनि सचेत गराएका छन् । उनले गुन्डाहरुको को–कोसँग कनेक्सन छ भन्ने कुरा पनि अनुसन्धान गरेर सार्वजनिक गर्ने बताए ।  घैंटको मृत्युपछि चौतर्फी खुसीयाली आएको र धेरैले आफूलाई बधाई दिएको एसएसपी खनाले जानकारी दिए । – नयाँ पत्रिका दैनिकबाट - See more at: http://kathmandutoday.com/2015/08/128208.html#sthash.uGEfprQR.dpuf

No comments:

Post a Comment