काठमाडौं, भदौ ४ । संघीयताको सीमांकनका विषयमा देखिएको विवाद समाधान गर्न प्रमुख चार दलका शीर्ष नेता सम्मिलित विशेष समितिले प्रयास जारी राखेको छ ।
६ प्रदेशको सीमांकनको खाका सार्वजनिक भएपछि तराईसहित मुलुकका पश्चिमी क्षेत्रमा देखिएको असन्तोषलाई साम्य पार्ने गरी विवाद मिलाउन विशेष समितिले पहल गरेको हो ।
शुक्रबार सिंहदरबारमा बसेको समितिकोबैठकमा ७ प्रदेश बनाउने विषयमा नेताहरु सहमतिनजिक पुगेको जनाइएको छ । बैठकमा प्रधानमन्त्री सुशील कोइरालासहित चार दलका प्रमुख नेता सहभागी थिए ।
विहीबारको बैठकमा प्रधानमन्त्री कोइराला अनुपस्थित भएपछि विशेष समितिको बैठक निष्कर्षविहीन भएको थियो ।
यसैबीच, मस्यौदा समितिले संविधानको विधेयक शुक्रबार संविधानसभामा बुझाउने भएको छ । समितिलाई दिएको समय शुक्रबारै सकिने भएपछि विधेयक बुझाउन लागिएको हो ।
No comments:
Post a Comment