Friday, August 21, 2015

वैद्यका विद्यार्थीले लिपुलेकमा राष्ट्रिय झण्डा गाडे

काठमाडौं, भदौ ४ –काठमाण्डौ–दार्चुला जागरण अभियान सञ्चालन गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माअ‍ोवादी निकट विद्यार्थी संगठनले लिपुलेक पुगेर राष्ट्रिय झन्डा गाडेर फर्केका छन् । श्रावण २२ गते देखी काठमाडौबाट सुरु भएको जागरण अभियानका क्रममा लिपुलेक पुगेर विद्यार्थीहरु फर्केका छन् । उनीहरु काठमाडौं भने आइसकेका छैनन् ।
lipulek (1)-001
‘दुई–तीन दिन अगाडि साथीहरु झण्डा गाडेर फर्कनुभएको छ । आज साँझसम्म दार्चुला सदरमुकाम फर्कनुहुन्छ होला । अहिले फोन सम्पर्क हुन सकेको छैन ।’ अभियानका क्रममा दार्चुला सदरमुकामसम्म पुगेर फर्केका पूव विद्यार्थी नेता लेखनाथ न्यौपानले भने ।
उनीहरुले नेपाल–भारत सिमाक्षेत्रमा पुगेर पिलरमा राष्ट्रिय झण्डा गाडेका हुन् । अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकाल सहितको एक १६ जनाको टोली लिपुलेक भञ्जाङका लागी प्रस्थान गरेको थियो । ‘हामी त्यहाँ पुग्छौँ नेपाली झण्डा फहराउँछौँ हामीलाई थाहा छ राष्ट्रिय अन्तराष्ट्रि परस्थिती पनि ठीक छैन मौसमी प्रतिकुलता पनि छ त्यसका बाबजुत पनि हामी त्यहाँ जान्छौँ ।’
दार्चुलामा मार्चपास गरेर लिपुलेक भञ्जाङ जाँदै गर्दा अध्यक्ष ढकालले रातोपातीलाई बताएका थिए ।
lipulek-jhanda

No comments:

Post a Comment